विदेशी दलाल सरकारको आरोप, समाजवादी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन अस्वीकारको अपिल

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले विदेशी दलालको कठपुतली सरकार भएको आरोप लगाउँदै आगामी फागुन २१ गते हुने निर्वाचन अस्वीकार गर्न अपिल गरेको छ। पार्टीले उक्त निर्वाचन औचित्यहीन, प्रतिगामी र वैदेशिक शक्तिकेन्द्रको डिजाइनअनुसार हुने नाटक मात्र भएको दाबी गरेको छ।

जारी अपिलमा पार्टीले सुशीला कार्की नेतृत्वको सरकार विदेशी हस्तक्षेपबाट बनेको, राष्ट्रिय स्वाधीनता र जनाधिकारमाथि प्रहार भएको तथा निर्वाचनमार्फत देश जलाउने अपराधलाई अनुमोदन गराउन खोजिएको आरोप लगाएको छ। त्यसैले कुनै पनि देशभक्त, वामपन्थी र लोकतन्त्रवादीले निर्वाचनमा सहभागी नहुनुपर्ने पार्टीको भनाइ छ।

पार्टीले सबै राजनीतिक दल र आम जनसमुदायलाई निर्वाचन बहिष्कार गर्दै समाजवादी गन्तव्यसहित स्वाधीन राष्ट्र निर्माणको बाटोमा अघि बढ्न आह्वान गरेको छ।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...