कञ्चनपुरमा कम्युनिस्ट युवा संगठन नेपालको दोस्रो जिल्ला भेला सम्पन्न


कञ्चनपुर ।
नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले राजवीर चन्द ठकुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऐरीले राज्य जनताको आधारभूत अधिकारप्रति उदासीन बनेको आरोप लगाउँदै उनले शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले त्यसलाई निःशुल्क र सर्वसुलभ बनाइनु पर्नेमा जोड दिए । फाल्गुन २१ गतेको निर्वाचनअघि राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क नगरे हामी बाध्य भएर चुनाव बहिष्कारको बाटो रोज्नेछौँ उनले भने । साथै उनले युवाहरूलाई संगठित र वैचारिक रूपमा सुदृढ हुँदै जनसंघर्षमा अगाडि बढ्न आह्वान गरे।

त्यस्तै, विशिष्ट अतिथि डीडी पाण्डेले वर्तमान राज्य व्यवस्था जनताप्रति जिम्मेवार नरहेको उल्लेख गर्दै जनपक्षीय राज्य स्थापनाका लागि संघर्ष अनिवार्य रहेको बताएका थिए । पार्टीका जिल्ला इन्चार्ज राम भट्टले समाजमा व्याप्त विभिन्न बेथिति, अन्याय र शोषणविरुद्ध लड्न युवाहरूको अग्रणी भूमिका अझ आवश्यक रहेको धारणा राखेका थिए।

भेलामा संगठनका सुदुर पश्चिम प्रदेश इन्चार्ज दिपेन्द्र ऐरी प्रमुख अतिथि तथा पार्टीको ७ नम्बर ब्युरो इन्चार्ज डीडी पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा कञ्चनपुर जिल्ला पार्टी इन्चार्ज राम भट्ट, पार्टी सल्लाहकार समिति सदस्य डम्बर बिष्ट, जिल्ला सचिव नक्साल बिष्ट, कार्यालय सचिव सुरेन्द्र धानुक, पुष्कर भण्डारी तथा युवा संगठनका जिल्ला इन्चार्ज दीपक पाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...