दाङ — नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव आज विशेष आकर्षणका साथ जारी छ।
महोत्सवका सांस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार आज बिहीबार लोकप्रिय अभिनेता पल शाह महोत्सवमा सहभागी हुँदै दर्शकलाई मनोरञ्जन दिनेछन्। पल शाहसँगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्कालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास र मनोरञ्जनलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव तुलसीपुरमा पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।