Author: नयाँ पाइला खवर

नेकपा (बहुमत)भित्र बबन्डर : कञ्चन र दिपक पक्ष आमने सामने, एकले अर्कोलाई कारबाही

नेकपा (बहुमत)भित्र बबन्डर : कञ्चन र दिपक पक्ष आमने सामने, एकले अर्कोलाई कारबाही

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भित्र आन्तरिक विवाद चर्किँदै गएपछि पार्टी दुई धारमा विभाजित भएको देखिएको छ । पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’ पक्षले एकअर्कामाथि कारबाहीको घोषणा गरेका छन् । पछिल्लो विवाद सँगै नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलनसमेत अन्योलमा परेको छ । कञ्चन पक्षले देशमा आएको बाढीपहिरोको विपत्तिलाई कारण देखाउँदै आगामी असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको घोषणा गरेको छ । तर, दिपक पक्षले भने सम्मेलन निर्धारित मितिमै आयोजना गर्ने निर्णय भएको जनाएको छ । कञ्चन पक्षबाट दिपक माथि कारबाही कञ्चन नेतृत्वको केन्द्रीय कार्यालयले भदौ १५ गते जारी गरेको प्रेस वक्तव्यमा पार्टीको नीति, विधि र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीका सबै जिम्...
रसुवा बाढी : उद्धार र राहतलाई तीव्रता दिन प्रधानमन्त्री शाहको सुरक्षा प्रमुख सँग  छलफल

रसुवा बाढी : उद्धार र राहतलाई तीव्रता दिन प्रधानमन्त्री शाहको सुरक्षा प्रमुख सँग छलफल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न संकट व्यवस्थापन तथा प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफललाई तीव्रता दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेकोखोजी, उद्धार, राहत वितरण तथा घाइतेको व्यवस्थापनबारे पछिल्लो अवस्थाको विस्तृत जानकारी लिएका छन्। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले उद्धारका बाँकी कार्यलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति, स्रोतसाधन र सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएका छन्। यसपछि प्रधानमन्त्री शाहलेसशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रको अवस्था र जारी उद्धार अभियानबारे ब्रिफिङ लिइरहेका छन्। नेपाल प्रहरीका महानिरीक्षकदानबहादुर...
मार्क्सको विश्लेषण: पुँजीवाद र विपत्ति

मार्क्सको विश्लेषण: पुँजीवाद र विपत्ति

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
मानव सभ्यता यतिबेला इतिहासकै गम्भीर पर्यावरणीय, सामाजिक र मानवीय संकटको भुमरीमा उभिएको छ। विश्वभर बढ्दो तापमान, अनियन्त्रित बाढीपहिरो, हिमताल विष्फोट, समुद्री आँधी, खडेरी र वायु प्रदूषणले पृथ्वीको जैविक सन्तुलनलाई नै ध्वस्त बनाइरहेका छन्। यस्ता विपत्तिहरूलाई प्रायः "प्राकृतिक प्रकोप" वा दैवी घटनाका रूपमा व्याख्या गरेर पन्छिने परम्परागत चलन छ। तर, गहिरिएर हेर्दा आधुनिक युगका अधिकांश महाविपत्तिहरू केवल आकस्मिक प्राकृतिक घटना नभई पुँजीवादी उत्पादन प्रणाली, नाफाको अन्धधुन्ध दौड र प्रकृतिको सीमाहीन दोहनका प्रत्यक्ष परिणाम हुन्। पुँजीवाद र विपत्तिबीचको यो संरचनागत सम्बन्धलाई १९औँ शताब्दीमै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट पहिलो पटक वैज्ञानिक ढंगले उजागर गर्ने दार्शनिक कार्ल मार्क्स थिए। मार्क्सले पुँजीवादले केवल श्रमजीवी वर्गको मात्र होइन, प्रकृतिको समेत निर्मम शोषण गर्दछ भन्...
रास्वपा सांसदको गतिविधिप्रति रवि असन्तुष्ट, भने– फोटो देख्दा लाज लाग्यो

रास्वपा सांसदको गतिविधिप्रति रवि असन्तुष्ट, भने– फोटो देख्दा लाज लाग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा पार्टीका केही सांसदले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको बैठकमा लामिछानेले विपद्को समयमा प्रभावित क्षेत्रमा पुगेर अनावश्यक प्रचार, भिडियो निर्माण तथा स्टन्ट गर्ने प्रवृत्ति रोक्न सांसदहरूलाई निर्देशन दिएका हुन्। उद्धार तथा राहतमा खटिएका निकाय र स्थानीय प्रतिनिधिसँग समन्वय गर्नुको सट्टा उनीहरूलाई दबाब दिने वा अभद्र व्यवहार गर्ने गुनासो आएको भन्दै उनले सांसदहरूलाई सचेत गराएका थिए। लामिछानेले बाढी प्रभावित क्षेत्रमा राजनीतिक प्रचारभन्दा सहयोग र समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बैठकमा केही सांसदका गतिविधि र सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिर हेर्दा आफूलाई असहज लागेको उल्लेख गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे। उनको भनाइ उद्धृत गर्दै बैठकमा सह...
देशभर वर्षाको सम्भावना, मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ

देशभर वर्षाको सम्भावना, मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतर्फ सरेसँगै देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।...
शव व्यवस्थापनबारे अनुभव सुनाएका सचिव निरौला रसुवा पठाइए

शव व्यवस्थापनबारे अनुभव सुनाएका सचिव निरौला रसुवा पठाइए

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । भोटेकोशी बाढीपछि शव व्यवस्थापनबारे आफ्नो विगतको अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको टिमुरे क्षेत्रमा खटाएको छ। कोभिड–१९ महामारीका बेला मोरङका प्रमुख जिल्ला अधिकारी रहँदा शव व्यवस्थापनमा आफूले अपनाएको प्रक्रियाबारे निरौलाले सामाजिक सञ्जालमा लेखेका थिए। उक्त सामग्री सार्वजनिक गरेको करिब एक दिनमै उनलाई बाढी प्रभावित क्षेत्रमा जिम्मेवारीसहित पठाइएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलाले टिमुरे केन्द्रित भएर बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापन तथा सम्बन्धित कार्यमा समन्वय गर्ने जिम्मेवारी पाएका छन्। आफूले विगतको अनुभव मात्र साझा गरेको बताउँदै निरौलाले सरुवाको कारणबारे आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा राखेको उक्त स्टाटस भ...
बाढी प्रभावित बोकेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ यात्रु घाइते

बाढी प्रभावित बोकेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ यात्रु घाइते

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
नवलपरासी पूर्व — रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका प्रभावितलाई घरतर्फ लैजाँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ। कावासोती नगरपालिका–१६, डण्डामा भएको दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। उद्धारपछि काठमाडौं हुँदै बर्दियातर्फ जाँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार घाइतेमध्ये २७ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको नवलपरासी पूर्वस्थित मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ।...
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङमार्फत प्वाल फराकिलो बनाउने तयारी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङमार्फत प्वाल फराकिलो बनाउने तयारी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
नुवाकोट स्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। उक्त प्वालबाट डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको छ। हाल ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ र प्वाल फराकिलो पार्ने कामसमेत एकसाथ अघि बढाइएको छ। कठिन र जोखिमपूर्ण अवस्थाबीच सुरक्षाकर्मी तथा प्राविधिक टोली उद्धारमा अहोरात्र खटिएका छन्।...
चीनबाट ५० टन राहत सामग्री नेपाल आइपुग्यो

चीनबाट ५० टन राहत सामग्री नेपाल आइपुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ — चीनबाट दुईवटा वाई–२० कार्गो विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सामग्री चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान सामग्री छन्। उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञसमेत नेपाल आएका छन्।...
बालेन नेतृत्वको सरकारप्रति शंकर पोखरेलको टिप्पणी : ‘महाविपद्को बेला नेतृत्व व्यवस्थापनमा देखिनुपर्छ

बालेन नेतृत्वको सरकारप्रति शंकर पोखरेलको टिप्पणी : ‘महाविपद्को बेला नेतृत्व व्यवस्थापनमा देखिनुपर्छ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै महाविपद्को समयमा नेतृत्वको मुख्य भूमिका उद्धारमा प्रत्यक्ष खटिनुभन्दा प्रभावकारी व्यवस्थापन गर्नु रहेको बताएका छन्। भोटेकोशी बाढीबाट सिर्जित विपद्को सन्दर्भमा धारणा सार्वजनिक गर्दै पोखरेलले संकटको समयमा नेतृत्व आफैँ उद्धारमा जुट्नु नै मुख्य कुरा नभएको बताएका हुन्। उनका अनुसार जटिल बनेको राहत तथा उद्धार कार्यलाई नेतृत्वको व्यक्तिगत सहभागिताले मात्र प्रभावकारी बनाउन सकिँदैन। त्यसका लागि नीतिगत निर्णय, राज्यका संयन्त्रको उचित परिचालन, कमाण्ड सम्हाल्ने क्षमता र समग्र व्यवस्थापकीय कुशलता आवश्यक हुन्छ। पोखरेलले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै दुनियाँलाई देखाउनेभन्दा विपद्बाट प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत र उद्धारको अनुभूति गर्ने वातावरण ब...