बालेन नेतृत्वको सरकारप्रति शंकर पोखरेलको टिप्पणी : ‘महाविपद्को बेला नेतृत्व व्यवस्थापनमा देखिनुपर्छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै महाविपद्को समयमा नेतृत्वको मुख्य भूमिका उद्धारमा प्रत्यक्ष खटिनुभन्दा प्रभावकारी व्यवस्थापन गर्नु रहेको बताएका छन्।

भोटेकोशी बाढीबाट सिर्जित विपद्को सन्दर्भमा धारणा सार्वजनिक गर्दै पोखरेलले संकटको समयमा नेतृत्व आफैँ उद्धारमा जुट्नु नै मुख्य कुरा नभएको बताएका हुन्।

उनका अनुसार जटिल बनेको राहत तथा उद्धार कार्यलाई नेतृत्वको व्यक्तिगत सहभागिताले मात्र प्रभावकारी बनाउन सकिँदैन। त्यसका लागि नीतिगत निर्णय, राज्यका संयन्त्रको उचित परिचालन, कमाण्ड सम्हाल्ने क्षमता र समग्र व्यवस्थापकीय कुशलता आवश्यक हुन्छ।

पोखरेलले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै दुनियाँलाई देखाउनेभन्दा विपद्बाट प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत र उद्धारको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले महाविपद्को समयमा नेतृत्वको मूल पहिचान नै सही योजना निर्माण गर्दै राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्थापकीय क्षमता भएको बताएका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...