Day: August 29, 2026

बालेन नेतृत्वको सरकारप्रति शंकर पोखरेलको टिप्पणी : ‘महाविपद्को बेला नेतृत्व व्यवस्थापनमा देखिनुपर्छ

बालेन नेतृत्वको सरकारप्रति शंकर पोखरेलको टिप्पणी : ‘महाविपद्को बेला नेतृत्व व्यवस्थापनमा देखिनुपर्छ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै महाविपद्को समयमा नेतृत्वको मुख्य भूमिका उद्धारमा प्रत्यक्ष खटिनुभन्दा प्रभावकारी व्यवस्थापन गर्नु रहेको बताएका छन्। भोटेकोशी बाढीबाट सिर्जित विपद्को सन्दर्भमा धारणा सार्वजनिक गर्दै पोखरेलले संकटको समयमा नेतृत्व आफैँ उद्धारमा जुट्नु नै मुख्य कुरा नभएको बताएका हुन्। उनका अनुसार जटिल बनेको राहत तथा उद्धार कार्यलाई नेतृत्वको व्यक्तिगत सहभागिताले मात्र प्रभावकारी बनाउन सकिँदैन। त्यसका लागि नीतिगत निर्णय, राज्यका संयन्त्रको उचित परिचालन, कमाण्ड सम्हाल्ने क्षमता र समग्र व्यवस्थापकीय कुशलता आवश्यक हुन्छ। पोखरेलले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै दुनियाँलाई देखाउनेभन्दा विपद्बाट प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत र उद्धारको अनुभूति गर्ने वातावरण ब...
बालेन शाह सरकारको अपडेट : ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला

बालेन शाह सरकारको अपडेट : ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट शनिबार साँझ साढे ५ बजेसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकीको उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। ती हेलिकप्टरले हालसम्म २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारका अनुसार उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँ...
त्रिशूली–३ ‘ए’ र तुप्चे बीटीएस पुनः सञ्चालनमा, उद्धार कार्यमा सञ्चार सहज

त्रिशूली–३ ‘ए’ र तुप्चे बीटीएस पुनः सञ्चालनमा, उद्धार कार्यमा सञ्चार सहज

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल टेलिकमले बाढी तथा विपद्का कारण प्रभावित बनेको त्रिशूली–३ ‘ए’ साइट टावर र तुप्चे बीटीएस पुनः सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकमका अनुसार त्रिशूली–३ ‘ए’ साइटको टावरमार्फत सेवा पुनः सुचारु भएपछि जलविद्युत् आयोजनाको सुरुङभित्र भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीकै सवारीसाधन तथा करिब एक घन्टा भरियामार्फत साइटसम्म पुर्‍याइएको थियो। त्यसपछि प्राविधिक परीक्षण सम्पन्न गरी टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ। त्यसैगरी, तुप्चे बीटीएस पनि आजदेखि सञ्चालनमा आएको छ। आवश्यक जेनेरेटर र इन्धनसहित प्राविधिक टोली हेलिकप्टरमार्फत साइटमा पुगेपछि बीटीएस सञ्चालनमा ल्याइएको हो। तुप्चे बीटीएस सञ्चालनमा आएसँगै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्र, बेत्रावती तथा कालिकास्थानका केही भागमा नेपाल ट...
माथिल्लो त्रिशूली–३ बीको सुरुङमा उद्धार अभियान : चिनियाँ विज्ञ टोली पनि परिचालन

माथिल्लो त्रिशूली–३ बीको सुरुङमा उद्धार अभियान : चिनियाँ विज्ञ टोली पनि परिचालन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले चिनियाँ प्राविधिक विज्ञ टोली परिचालन गरेको छ। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको स्वीकृतिमा चीनबाट आएका ६ जना विशेषज्ञ घटनास्थलमा पुगेका छन्। उनीहरू चिनियाँ हेलिकप्टरबाट त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन्। चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय गर्दै सुरुङभित्रको अवस्थाबारे अध्ययन गर्नेछ। सुरुङको अवस्था, भित्र फसेकाहरूको सम्भावित स्थान तथा उद्धारका लागि अपनाउन सकिने प्राविधिक उपायबारे टोलीले स्थलगत मूल्याङ्कन गर्ने जनाइएको छ। प्रारम्भिक अध्ययनबाट उद्धारको सम्भावना देखिएमा चीनको रसुवा सीमावर्ती क्षेत्रमा तयारी अवस्थामा रहेका थप विशेषज्ञलाई समेत तत्काल घटनास्थलमा ल्याइने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यसअघि भारतबाट आएको...
रसुवा बाढी : उद्यमी तथा ‘शिलापत्र’का प्रकाशक सम्पर्क विहीन

रसुवा बाढी : उद्यमी तथा ‘शिलापत्र’का प्रकाशक सम्पर्क विहीन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रसुवा — रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्यमी तथा ‘शिलापत्र’का प्रकाशकसमेत रहेका व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढीपछि उनको अवस्थाबारे परिवार तथा आफन्तजन चिन्तित बनेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ रहेका धेरै व्यक्ति तथा परिवार सम्पर्कबाहिर पुगेका छन्। बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित हुँदा घटनास्थलसम्म पुगेर आफन्तको अवस्था बुझ्नसमेत कठिनाइ भइरहेको छ। सम्पर्कविहीन भएका प्रकाशकको खोजी तथा अवस्थाबारे जानकारी लिन आफन्तजन र सम्बन्धित पक्षले प्रयास गरिरहेका छन्। तर प्रतिकूल मौसम, अवरुद्ध सडक र प्रभावित क्षेत्रमा देखिएको जोखिमका कारण खोज तथा उद्धार कार्य सहज हुन सकेको छैन। बाढी प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने अवस्था रहेको छ। आफन्तजनको अवस्था थाहा नभएका परिवारहरू भन...
खराब मौसमले रसुवामा उद्धार प्रभावित, वैकल्पिक सडकसमेत अवरुद्ध

खराब मौसमले रसुवामा उद्धार प्रभावित, वैकल्पिक सडकसमेत अवरुद्ध

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रसुवा — प्रतिकूल मौसमका कारण आज बिहान ९:३० बजेसम्म रसुवामा उद्धार तथा खोजी कार्य प्रभावित भएको छ। मौसम सफा हुँदा अघिल्लो दिन यही समयसम्म ५–७ वटा उडान भइसकेको भए पनि आज अहिलेसम्म कुनै पनि उद्धार उडान हुन सकेको छैन। गएरातिदेखि परेको लगातार वर्षाका कारण धुन्चे पुग्ने वैकल्पिक सडकसमेत अवरुद्ध भएको बताइएको छ। सडकको अवस्था र मौसमको जोखिमलाई ध्यानमा राखेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। यता, आफ्ना परिवार तथा आफन्तजन हराइरहेको भन्दै खोजीका लागि धुन्चे पुगेका कतिपय व्यक्तिले सम्पर्क बिहीन भएका स्थानसम्म पैदल जान सकिने वा नसकिनेबारे जानकारी लिइरहेका छन्। धुन्चे पुग्नसमेत सडकको अवस्था सहज छैन। चौगटीदेखि महावीरसम्मको खण्डमा करिब एक घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको जनाइएको छ। त्यसैले उद्धार तथा खोजीका लागि जाने व्यक्तिहरूले स्थानीय अवस्था बुझेर र जोखिमको मूल्याङ्कन गरेर मात्र अघि बढ्नुपर...
भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफले दियो २ करोड ५१ लाख

भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफले दियो २ करोड ५१ लाख

Breaking News 1, प्रमुख समाचार, समाचार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोगस्वरूप चेक हस्तान्तरण गरेको हो। चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ। नेपाल लाइफले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा पनि विपद् र संकटका समयमा राज्य तथा समुदायसँग सहकार्य गर्दै ...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५८६ पुग्यो, २ हजार भन्दा बढी बेपत्ता

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५८६ पुग्यो, २ हजार भन्दा बढी बेपत्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ५ सय ८६ जनाको ज्यान गएको छ। बाढीले बगाएका ५ सय ८६ जनाका शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको जनाइएको छ। बाढीपछि २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले ज्यान गुमाउने र सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने देखिएको छ।...
आज देखि गाईजात्रा पर्व मनाइँदै

आज देखि गाईजात्रा पर्व मनाइँदै

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देखि सुरु भएको छ। वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा रहेको छ। यस अवसरमा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा सामाजिक विकृतिविरुद्ध हास्यव्यङ्ग्यात्मक कार्यक्रमसमेत आयोजना गरिन्छ। गाईजात्रा काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेका विभिन्न सहरमा विशेष रूपमा मनाइन्छ।...