काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देखि सुरु भएको छ।
वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा रहेको छ।
यस अवसरमा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा सामाजिक विकृतिविरुद्ध हास्यव्यङ्ग्यात्मक कार्यक्रमसमेत आयोजना गरिन्छ।
गाईजात्रा काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेका विभिन्न सहरमा विशेष रूपमा मनाइन्छ।