रसुवा — प्रतिकूल मौसमका कारण आज बिहान ९:३० बजेसम्म रसुवामा उद्धार तथा खोजी कार्य प्रभावित भएको छ। मौसम सफा हुँदा अघिल्लो दिन यही समयसम्म ५–७ वटा उडान भइसकेको भए पनि आज अहिलेसम्म कुनै पनि उद्धार उडान हुन सकेको छैन।
गएरातिदेखि परेको लगातार वर्षाका कारण धुन्चे पुग्ने वैकल्पिक सडकसमेत अवरुद्ध भएको बताइएको छ। सडकको अवस्था र मौसमको जोखिमलाई ध्यानमा राखेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यता, आफ्ना परिवार तथा आफन्तजन हराइरहेको भन्दै खोजीका लागि धुन्चे पुगेका कतिपय व्यक्तिले सम्पर्क बिहीन भएका स्थानसम्म पैदल जान सकिने वा नसकिनेबारे जानकारी लिइरहेका छन्।
धुन्चे पुग्नसमेत सडकको अवस्था सहज छैन। चौगटीदेखि महावीरसम्मको खण्डमा करिब एक घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको जनाइएको छ। त्यसैले उद्धार तथा खोजीका लागि जाने व्यक्तिहरूले स्थानीय अवस्था बुझेर र जोखिमको मूल्याङ्कन गरेर मात्र अघि बढ्नुपर्ने देखिएको छ।
#RasuwaUpdate #Rescue #RasuwaFlood #Missing #FloodUpdate