माथिल्लो त्रिशूली–३ बीको सुरुङमा उद्धार अभियान : चिनियाँ विज्ञ टोली पनि परिचालन

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले चिनियाँ प्राविधिक विज्ञ टोली परिचालन गरेको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको स्वीकृतिमा चीनबाट आएका ६ जना विशेषज्ञ घटनास्थलमा पुगेका छन्। उनीहरू चिनियाँ हेलिकप्टरबाट त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन्।

चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय गर्दै सुरुङभित्रको अवस्थाबारे अध्ययन गर्नेछ। सुरुङको अवस्था, भित्र फसेकाहरूको सम्भावित स्थान तथा उद्धारका लागि अपनाउन सकिने प्राविधिक उपायबारे टोलीले स्थलगत मूल्याङ्कन गर्ने जनाइएको छ।

प्रारम्भिक अध्ययनबाट उद्धारको सम्भावना देखिएमा चीनको रसुवा सीमावर्ती क्षेत्रमा तयारी अवस्थामा रहेका थप विशेषज्ञलाई समेत तत्काल घटनास्थलमा ल्याइने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यसअघि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली पनि सुरुङ उद्धार अभियानमा परिचालन भइसकेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली उद्धार कार्यमा खटिइसकेको जानकारी दिनुभएको हो।

सुरुङभित्रको उद्धार कार्य जटिल र प्राविधिक प्रकृतिको भएकाले नेपाली जनशक्तिसँगै विदेशी विशेषज्ञको सहयोग आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका थिए। त्यसैअनुसार सरकारले भारत र चीनका प्राविधिक टोलीलाई उद्धार अभियानमा सहभागी गराएको हो।

यसअघि नेपाली उद्धार टोलीले सुरुङभित्र जाने सम्भावित मार्ग पहिचान गर्न ड्रिलिङको कामसमेत अघि बढाइसकेको छ। अब नेपाली सेना, चिनियाँ र भारतीय प्राविधिक टोलीबीचको सहकार्यबाट सुरुङमा फसेकाहरूको उद्धार प्रयासलाई थप तीव्र बनाइने भएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...