काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ५ सय ८६ जनाको ज्यान गएको छ।
बाढीले बगाएका ५ सय ८६ जनाका शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको जनाइएको छ।
बाढीपछि २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ।
बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले ज्यान गुमाउने र सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने देखिएको छ।