काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतर्फ सरेसँगै देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।