रुख कटानमा अनियमितता आरोप : दाङको राप्ती गाउँपालिका अध्यक्ष सहित ९ जनाविरुद्ध अख्तियारको मुद्दा
दाङ । सरकारी सडक क्षेत्रमा काटिएका रुख र काठ व्यवस्थापनमा अनियमितता भएको आरोपमा दाङका स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी अधिकारीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा अघि बढाएको छ।
आयोगले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, सडक डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीसहित ९ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारको अनुसन्धानअनुसार भालुवाङ–लमही सडक खण्डमा सडकको अधिकार क्षेत्रभित्र पर्ने ठूलो संख्यामा रुख काटिएको थियो। पाखापानी देखि लमहीसम्मको सडक क्षेत्रमा सिसौ, सिमलल गायत विभिन्न प्रजातिका २ हजार ७२४ वटा रुख कटान गरिएको आयोगले जनाएको छ।
कटान गरिएका रुखबाट करिब ४० हजार ५५५ घनफिट काठ उत्पादन भएको र त्यसको मूल्य ८१ लाख ३७ हज...




