नेकपा (बहुमत)भित्र बबन्डर : कञ्चन र दिपक पक्ष आमने सामने, एकले अर्कोलाई कारबाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भित्र आन्तरिक विवाद चर्किँदै गएपछि पार्टी दुई धारमा विभाजित भएको देखिएको छ । पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’ पक्षले एकअर्कामाथि कारबाहीको घोषणा गरेका छन् ।

पछिल्लो विवाद सँगै नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलनसमेत अन्योलमा परेको छ । कञ्चन पक्षले देशमा आएको बाढीपहिरोको विपत्तिलाई कारण देखाउँदै आगामी असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको घोषणा गरेको छ । तर, दिपक पक्षले भने सम्मेलन निर्धारित मितिमै आयोजना गर्ने निर्णय भएको जनाएको छ ।

कञ्चन पक्षबाट दिपक माथि कारबाही

कञ्चन नेतृत्वको केन्द्रीय कार्यालयले भदौ १५ गते जारी गरेको प्रेस वक्तव्यमा पार्टीको नीति, विधि र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

वक्तव्यमा बाढीका कारण देश विपत्तिमा परेका बेला राष्ट्रिय सम्मेलन स्थगित गरी उद्धार तथा राहतमा जुट्न पार्टीले गरेको अपिलविरुद्ध दिपक पक्षबाट गतिविधि भएको आरोप लगाइएको छ । पार्टी कार्यालयलाई जानकारी नदिई बैठकका लागि परिपत्र जारी गरेको र गुटबन्दी तथा षड्यन्त्रपूर्ण गतिविधि गरेको कञ्चन पक्षको दाबी छ ।

दिपक पक्षले कञ्चन लाई नै हटायो

यता, दिपक पक्षले पनि भदौ १५ गते छुट्टै प्रेस वक्तव्य जारी गर्दै धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षलगायत पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।

दिपक पक्षले कञ्चनमाथि लामो समयदेखि पार्टीभित्र व्यक्तिवाद, गुटबन्दी, अपारदर्शिता र संगठनात्मक विधिविपरीत गतिविधि गरेको आरोप लगाएको छ ।

पोखरामा बसेको केन्द्रीय समिति बैठकले कञ्चनलाई महासचिवबाट हटाएर अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण गरिसकेको अवस्थामा समेत उनले एकल रूपमा वक्तव्य जारी गर्ने र सम्मेलनको पक्षमा रहेका नेतामाथि कारबाहीको प्रयास गरेको दिपक पक्षको आरोप छ ।

भदौ १५ गते बसेको विशेष भर्चुअल केन्द्रीय समिति बैठकले कञ्चनलाई अध्यक्ष मण्डलको अध्यक्ष सहित पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको दिपक पक्षको दाबी छ ।

असोज ५ मै राष्ट्रिय सम्मेलन गर्ने दिपक पक्षको दाबी

कञ्चनलाई हटाएपछि अध्यक्ष मण्डलको अध्यक्षमा पार्टी प्रवक्ता तथा अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई चयन गरिएको र आगामी असोज ५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय भएको दिपक पक्षले जनाएको छ ।

यस सँगै एउटै पार्टीबाट दुई फरक निर्णय सार्वजनिक भएका छन् । कञ्चन पक्षले सम्मेलन स्थगित गरेको बताएको छ भने दिपक पक्षले निर्धारित मितिमै सम्मेलन गर्ने दाबी गरेको छ ।

बाढी उद्धारमा पनि छुट्टाछुट्टै निर्णय

देशमा भोटेकोशी–वेत्रावती–त्रिशूली नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला पार्टीभित्रको विवाद सतहमा आएको हो ।

कञ्चन पक्षले राष्ट्रिय सम्मेलन स्थगित गरेर पार्टीका सम्पूर्ण आन्तरिक गतिविधि तत्काल रोक्दै बाढीपीडितको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । साथै रक्तदान कार्यक्रम सञ्चालन गर्नसमेत जनवर्गीय संगठनलाई आग्रह गरिएको छ ।

दिपक पक्षले भने बाढीपीडितको उद्धार तथा राहतका लागि कृष्ण धमला ‘गम्भीर’को नेतृत्वमा छुट्टै उद्धार तथा राहत समिति गठन गरेको जनाएको छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...