काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न संकट व्यवस्थापन तथा प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफललाई तीव्रता दिएका छन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेकोखोजी, उद्धार, राहत वितरण तथा घाइतेको व्यवस्थापनबारे पछिल्लो अवस्थाको विस्तृत जानकारी लिएका छन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले उद्धारका बाँकी कार्यलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति, स्रोतसाधन र सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएका छन्।
यसपछि प्रधानमन्त्री शाहलेसशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रको अवस्था र जारी उद्धार अभियानबारे ब्रिफिङ लिइरहेका छन्। नेपाल प्रहरीका महानिरीक्षकदानबहादुर कार्कीसँग पनि आजै आवश्यक छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिककोजीवनरक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राख्ननिर्देशन दिएका छन्।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई२४ घण्टा उच्च सतर्कताका साथ परिचालनगर्न पनि निर्देशन दिइएको छ।