बाढी प्रभावित बोकेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ यात्रु घाइते

नवलपरासी पूर्व — रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका प्रभावितलाई घरतर्फ लैजाँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।

कावासोती नगरपालिका–१६, डण्डामा भएको दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। उद्धारपछि काठमाडौं हुँदै बर्दियातर्फ जाँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतेमध्ये २७ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको नवलपरासी पूर्वस्थित मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...