Day: August 30, 2026

शव व्यवस्थापनबारे अनुभव सुनाएका सचिव निरौला रसुवा पठाइए

शव व्यवस्थापनबारे अनुभव सुनाएका सचिव निरौला रसुवा पठाइए

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । भोटेकोशी बाढीपछि शव व्यवस्थापनबारे आफ्नो विगतको अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको टिमुरे क्षेत्रमा खटाएको छ। कोभिड–१९ महामारीका बेला मोरङका प्रमुख जिल्ला अधिकारी रहँदा शव व्यवस्थापनमा आफूले अपनाएको प्रक्रियाबारे निरौलाले सामाजिक सञ्जालमा लेखेका थिए। उक्त सामग्री सार्वजनिक गरेको करिब एक दिनमै उनलाई बाढी प्रभावित क्षेत्रमा जिम्मेवारीसहित पठाइएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलाले टिमुरे केन्द्रित भएर बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापन तथा सम्बन्धित कार्यमा समन्वय गर्ने जिम्मेवारी पाएका छन्। आफूले विगतको अनुभव मात्र साझा गरेको बताउँदै निरौलाले सरुवाको कारणबारे आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा राखेको उक्त स्टाटस भ...
बाढी प्रभावित बोकेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ यात्रु घाइते

बाढी प्रभावित बोकेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ यात्रु घाइते

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
नवलपरासी पूर्व — रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका प्रभावितलाई घरतर्फ लैजाँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ। कावासोती नगरपालिका–१६, डण्डामा भएको दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। उद्धारपछि काठमाडौं हुँदै बर्दियातर्फ जाँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार घाइतेमध्ये २७ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको नवलपरासी पूर्वस्थित मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ।...
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङमार्फत प्वाल फराकिलो बनाउने तयारी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङमार्फत प्वाल फराकिलो बनाउने तयारी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
नुवाकोट स्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। उक्त प्वालबाट डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको छ। हाल ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ र प्वाल फराकिलो पार्ने कामसमेत एकसाथ अघि बढाइएको छ। कठिन र जोखिमपूर्ण अवस्थाबीच सुरक्षाकर्मी तथा प्राविधिक टोली उद्धारमा अहोरात्र खटिएका छन्।...
चीनबाट ५० टन राहत सामग्री नेपाल आइपुग्यो

चीनबाट ५० टन राहत सामग्री नेपाल आइपुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ — चीनबाट दुईवटा वाई–२० कार्गो विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सामग्री चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान सामग्री छन्। उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञसमेत नेपाल आएका छन्।...