काठमाडौँ — चीनबाट दुईवटा वाई–२० कार्गो विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सामग्री चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान सामग्री छन्। उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञसमेत नेपाल आएका छन्।