३३ बुँदे एजेन्डा सहित ऋषि धमलाको नयाँ अभियान, सरकारलाई सहयोग र दबाब दुवै
काठमाडौंमा पत्रकार ऋषि धमला को नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ। ५१ सदस्यीय अभियानले सरकार ढाल्ने नभई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक सहयोग र दबाब दिने उद्देश्यसहित ३३ बुँदे सहयात्रापत्र सार्वजनिक गरेको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा धमलाले विगतका राजनीतिक दलहरूले सुशासन, रोजगारी र विकास दिन नसकेको आरोप लगाउँदै अब नागरिकस्तरबाट दबाब सिर्जना गर्ने बताए।
अभियानले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, शिक्षा–स्वास्थ्य निःशुल्क, संसद्मा ५० प्रतिशत महिला सहभागिता तथा मिटरब्याज र सहकारी पीडितको समस्या समाधानजस्ता एजेन्डा अघि सारेको छ।
अभियानले जेन्जी युवाको भावना समेट्दै आन्दोलनका क्रममा भएका दमनको छानबिन र पीडितलाई न्यायको माग पनि गरेको छ। कार्यक्रममा मानवअधिकारवादी कृष्ण पहाडी ले धमलालाई अहिंसा र स...





