धनगढीमा आज नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना हुँदैछ । देउवा पक्षीय प्रदेश कार्यसमितिको आयोजनामा हुन लागेको भेलामा पार्टीभित्रको एकता मजबुत बनाउने र संगठनलाई थप सक्रिय बनाउने विषयमा छलफल हुने बताइएको छ ।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित हुने कार्यक्रममा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरसहित देउवा निकट नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।