दाङ । दाङको बंगलाचुली क्षेत्रमा चुनढुङ्गा ढुवानी गर्ने टिप्पर सञ्चालन आजदेखि रोकिएको छ। घोराही–हर्नक–जुम्लेपानी सडक खण्ड कालोपत्रे गर्ने सहमति कार्यान्वयन नभएको र सडकमा नियमित पानी नछर्किएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।
स्थानीयका अनुसार सडकबाट अत्यधिक धुलो उड्दा दैनिक जनजीवन प्रभावित बनेको छ। सडक जीर्ण बन्दै जाँदा आवतजावतमा समेत समस्या बढेको उनीहरूको गुनासो छ। पटक–पटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको भन्दै बाध्य भएर टिप्पर आवतजावत ठप्प पारिएको स्थानीयले बताएका छन्।
स्थानीयवासीले सडक स्तरोन्नति, कालोपत्रे तथा नियमित पानी छर्किने व्यवस्था तत्काल लागू गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन्।