दाङ। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँग जोडिएको विनियोजन विधेयकमाथि छलफल जारी रहेकाले आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।