३३ बुँदे एजेन्डा सहित ऋषि धमलाको नयाँ अभियान, सरकारलाई सहयोग र दबाब दुवै

काठमाडौंमा पत्रकार ऋषि धमला को नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ। ५१ सदस्यीय अभियानले सरकार ढाल्ने नभई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक सहयोग र दबाब दिने उद्देश्यसहित ३३ बुँदे सहयात्रापत्र सार्वजनिक गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा धमलाले विगतका राजनीतिक दलहरूले सुशासन, रोजगारी र विकास दिन नसकेको आरोप लगाउँदै अब नागरिकस्तरबाट दबाब सिर्जना गर्ने बताए।

अभियानले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, शिक्षा–स्वास्थ्य निःशुल्क, संसद्मा ५० प्रतिशत महिला सहभागिता तथा मिटरब्याज र सहकारी पीडितको समस्या समाधानजस्ता एजेन्डा अघि सारेको छ।

अभियानले जेन्जी युवाको भावना समेट्दै आन्दोलनका क्रममा भएका दमनको छानबिन र पीडितलाई न्यायको माग पनि गरेको छ। कार्यक्रममा मानवअधिकारवादी कृष्ण पहाडी ले धमलालाई अहिंसा र स्वतन्त्रताको पक्षमा अघि बढ्न शुभकामना दिएका थिए।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...