कञ्चनपुर : अखिल (क्रान्तिकारी)द्वारा मनपरी शिक्षक सरुवा र शिक्षा क्षेत्रमा हस्तक्षेप विरुद्ध चेतावनी
कञ्चनपुर – नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समितिले भिमदत्त नगरपालिकाको मनपरी शिक्षक सरुवा र स्थानीय शिक्षा प्रशासनमा आसेपासेहरूको अनियमित हस्तक्षेप विरुद्ध चेतावनी दिएको छ।
संगठनले प्रेस वक्तव्यमा भनेको छ, शिक्षा क्षेत्रको असंवैधानिक र मनपरी व्यवस्थापन सहनयोग्य छैन। विद्यार्थीको हित विपरित शिक्षक सरुवा गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्छ, अन्यथा शैक्षिक क्षेत्रलाई तहसनहस पार्नेहरूको विरुद्ध निर्णायक संघर्षमा हामी पछि हट्ने छैनौं।
संगठनले भनेको छ, हाल प्रचलित संघीय शिक्षा ऐन, शिक्षक सेवा आयोग नियमावली, र स्थानीय शिक्षा ऐन तथा निर्देशिकाअनुसार मात्र शिक्षक सरुवा र मिलान हुनुपर्छ। संगठनको भनाई छ कि शिक्षक पदस्थापन पारदर्शी, आवश्यकता र विषयगत मेल खाने हुनुपर्छ, अपुग शिक्षक भए नगर शिक्षकको व्यवस्था गर्नुपर्छ, र सरुवा इच्छुक शिक्षकबाट मात्र निवेदन ल...





