घोराही महोत्सवमा आज गायिका एलिना चौहान आउने

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा सञ्चालन भइरहेको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२ मा आज चैत १२ गते चर्चित गायिका एलिना चौहान आउने भएकी छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्ला महिला उद्यमी समितिको आयोजनामा फाल्गुन २८ गतेदेखि सुरु भएको महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवको आज चैत १२ गतेको विशेष आकर्षणका रूपमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ। त्यस्तै सोही दिन गायक सुमन परियार, गायक विनोद लामा, प्रतिक्षा बिष्ट, गीता धर्ती, वर्षा मगर लगायत कलाकारको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा उद्घोषक शान्ताराम सेन्चुरी, प्रेम शर्मा तथा विष्णु तुतारले सञ्चालन गर्नेछन् भने डान्सर एन्जल लामा र डान्सर समूहको नृत्य प्रस्तुति पनि रहनेछ। साथै लाइभ दोहोरी तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति महोत्सवको अर्को मुख्य आकर्षण रहने बताइएको छ।

आयोजकका अनुसार महोत्सवमा घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन्। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...