भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
दक्षिणी दिल्लीको ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी हुँदा पाहुना र कर्मचारी भवनभित्रै फसेका थिए। ४० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
आठ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। मृतकमध्ये धेरै विदेशी नागरिक रहेको अनुमान गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी ले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। आगलागीको कारणबारे अनुसन्धान जारी छ।