आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने भएको छ।

आठबिसकोट नगरपालिकाले अमेरिकास्थित निक साइमन्स फाउन्डेसन इन्टरनेशनल सँग यस परियोजना कार्यान्वयनका लागि पूर्व सहमति गरेको छ। नगर प्रमुख रवि केसी का अनुसार परियोजना आगामी आर्थिक वर्षको साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

परियोजना अन्तर्गत आठबिसकोट नगर अस्पतालमा एमडीजीपी चिकित्सक, चिकित्सा अधिकृत, स्टाफ नर्स, एनेस्थेसिया सहायक तथा विभिन्न स्वास्थ्यकर्मीहरू नियुक्त गरिनेछन्। यससँगै अस्पतालबाट शल्यक्रिया सेवा, आपतकालीन सेवा तथा व्यापक प्रसूति एवं नवजात शिशु स्याहार सेवा प्रदान गरिनेछ।

सम्झौताअनुसार पाँच वर्षसम्म सञ्चालन हुने यस परियोजनामा करिब साढे सात करोड रुपैयाँ लगानी हुने बताइएको छ। विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिला र नवजात शिशुलाई गर्भावस्थादेखि जन्मपछिसम्म गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख केसीका अनुसार परियोजना कार्यान्वयनपछि उपचारका लागि नगर अस्पतालबाट अन्यत्र सिफारिस गरिने बिरामीको संख्या उल्लेख्य रूपमा घट्नेछ। साथै अस्पतालको समग्र सेवा प्रवाहमा सुधार भई स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनेछ।

मेयर केसीले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन यो परियोजना कोशेढुंगा सावित हुने बताए। उनका अनुसार यसले मातृ तथा नवजात शिशु स्वास्थ्यमा मात्र नभई समग्र स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...