आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने
रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने भएको छ।
आठबिसकोट नगरपालिकाले अमेरिकास्थित निक साइमन्स फाउन्डेसन इन्टरनेशनल सँग यस परियोजना कार्यान्वयनका लागि पूर्व सहमति गरेको छ। नगर प्रमुख रवि केसी का अनुसार परियोजना आगामी आर्थिक वर्षको साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।
परियोजना अन्तर्गत आठबिसकोट नगर अस्पतालमा एमडीजीपी चिकित्सक, चिकित्सा अधिकृत, स्टाफ नर्स, एनेस्थेसिया सहायक तथा विभिन्न स्वास्थ्यकर्मीहरू नियुक्त गरिनेछन्। यससँगै अस्पतालबाट शल्यक्रिया सेवा, आपतकालीन सेवा तथा व्यापक प्रसूति एवं नवजात शिशु स्याहार सेवा प्रदान गरिनेछ।
सम्झौताअनुसार पाँच वर्षसम्म सञ्चालन हुने यस परियोजनामा करिब साढे सात करोड रुपैयाँ लगानी हुने बताइएको छ। विशेषगरी ग्राम...


