काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेश गर्नेछन् भने सभामुख डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
यद्यपि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जारी राखेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुनेमा अझै अन्योल कायमै छ।