Day: June 2, 2026

संसदमा आजबाट बजेटमाथि छलफलको कार्यसूची

संसदमा आजबाट बजेटमाथि छलफलको कार्यसूची

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेश गर्नेछन् भने सभामुख डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन्। यद्यपि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जारी राखेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुनेमा अझै अन्योल कायमै छ।...
पक्राउ पुर्जी पछि फरार रहेका वीरगन्ज मेयर राजेशमान सिंह नियन्त्रणमा

पक्राउ पुर्जी पछि फरार रहेका वीरगन्ज मेयर राजेशमान सिंह नियन्त्रणमा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
वीरगन्ज । लिखत सम्बन्धी कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ठोरी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। स्थानीय लियाकत अलीको जाहेरीपछि जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ परेका सिंहलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...