काठमाडौं विश्वविद्यालयमा भागबण्डे नियुक्तिविरुद्ध अखिल (क्रान्तिकारी)को विरोध

काठमाडौं।  अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटीइ भिटी विशेष प्रदेश समिति ले काठमाडौं विश्वविद्यालयमा हालसालै गरिएको नियुक्ति प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ।

उक्त विद्यार्थी संगठनले विश्वविद्यालय कार्यकारी परिषद्ले एकेडेमिया–इन्डष्ट्री कोअर्डिनेटर तथा एसोसियट डिनहरूको नियुक्ति गर्दा राजनीतिक भागबण्डा गरिएको आरोप लगाइएको छ।

संयोजक पारस राहदी मगर द्वारा जारी हस्ताक्षरित बिज्ञप्ति अनुसार उक्त नियुक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भागबण्डा गरिएको दाबी गरिएको छ।

अखिल (क्रान्तिकारी)ले विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थामा राजनीतिक हस्तक्षेप अस्वीकार्य हुने बताउँदै यस्ता गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। साथै, संगठनले पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित नियुक्ति प्रक्रिया अपनाउन माग गर्दै यस्ता कार्यविरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी दिएको छ।

अखिल (क्रान्तिकारी) नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन हो ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...