लुम्बिनी प्रदेशमा एसईई : झण्डै ८९ हजार परीक्षार्थी सहभागी

लुम्बिनी प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा झण्डै ८९ हजार विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लाबाट नियमिततर्फ ७२ हजार ४४ जना र ग्रेडवृद्धितर्फ १६ हजार ९२१ जना गरी कुल ८८ हजार ९६५ परीक्षार्थी परीक्षा दिनेछन्।

परीक्षाका लागि प्रदेशभर ३३८ वटा केन्द्र निर्धारण गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष ५ हजार ९४३ विद्यार्थी घटेका छन्। गत वर्ष ९४ हजार ९०८ जना सहभागी भएका थिए।

एसईई १९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा मर्यादित, निष्पक्ष र शान्तिपूर्ण बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ।

जिल्लागत रूपमा रुपन्देहीमा सबैभन्दा बढी २१ हजार ३०० परीक्षार्थी सहभागी हुँदा रुकुम पूर्वमा सबैभन्दा कम ९१३ जना रहेका छन्।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...