कञ्चनपुर : अखिल (क्रान्तिकारी)द्वारा मनपरी शिक्षक सरुवा र शिक्षा क्षेत्रमा हस्तक्षेप विरुद्ध चेतावनी

कञ्चनपुर – नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समितिले भिमदत्त नगरपालिकाको मनपरी शिक्षक सरुवा र स्थानीय शिक्षा प्रशासनमा आसेपासेहरूको अनियमित हस्तक्षेप विरुद्ध चेतावनी दिएको छ।

संगठनले प्रेस वक्तव्यमा भनेको छ, शिक्षा क्षेत्रको असंवैधानिक र मनपरी व्यवस्थापन सहनयोग्य छैन। विद्यार्थीको हित विपरित शिक्षक सरुवा गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्छ, अन्यथा शैक्षिक क्षेत्रलाई तहसनहस पार्नेहरूको विरुद्ध निर्णायक संघर्षमा हामी पछि हट्ने छैनौं।

संगठनले भनेको छ, हाल प्रचलित संघीय शिक्षा ऐन, शिक्षक सेवा आयोग नियमावली, र स्थानीय शिक्षा ऐन तथा निर्देशिकाअनुसार मात्र शिक्षक सरुवा र मिलान हुनुपर्छ। संगठनको भनाई छ कि शिक्षक पदस्थापन पारदर्शी, आवश्यकता र विषयगत मेल खाने हुनुपर्छ, अपुग शिक्षक भए नगर शिक्षकको व्यवस्था गर्नुपर्छ, र सरुवा इच्छुक शिक्षकबाट मात्र निवेदन लिइ प्रक्रिया अघि बढाइनु पर्दछ ।

संगठनका अनुसार विद्यार्थीको परीक्षा र भर्ना अभियानमा असहज वातावरण सिर्जना गर्ने वा आस्थाको आधारमा शिक्षकलाई प्रताडित गर्ने कार्य तुरुन्त रोकिएन भने शैक्षिक क्षेत्रलाई तहसनहस पार्नेहरू माथि सशक्त संघर्ष अघि बढाइनेछ ।

संगठन इन्चार्ज संगिता चौधरीले भनिन्, हाम्रो संगठनले शिक्षा क्षेत्रका सम्पूर्ण विकृती, विसङ्गति र आसेपासेहरूको अनियमितताविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ। यसप्रकारको मनपरी कार्य सहन योग्य छैन। हामी विद्यार्थी र शिक्षक दुवैको हकहित सुनिश्चित गर्ने जिम्मेवारी पूरा गर्नेछौं।
प्रेस बिज्ञप्ति पढ्नुहोस

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...