घोराही महोत्सवमा एलिनासँग झुमे दर्शक

दाङ । घोराही उपमहानगरपालिका–१४, झिंगौरामा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा बिहीबार राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहेको थियो।

महोत्सवमा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेकी गायिका एलिना चौहानको आकर्षक प्रस्तुति रहेको थियो। उनले “धोकेबाज हौ तिमी”, “खनाइदिउ पानी ““मिनरल वाटर”, “कट्टा हान्दिन्छु”, “रुवाउनेहरू हजार भए” र “यो भागमा खोट” लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिइन्। उनको प्रस्तुति अवधिभर दर्शकहरू नाचगानमा झुमेका थिए।

त्यस्तै, सोही कार्यक्रममा गायक कमल बिसी (माइल दाइ), सुमन परियार र प्रेम शर्मा लगायतका कलाकारहरूले पनि धमाकेदार प्रस्तुति दिँदै माहोल तताएका थिए।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवमा हरेक दिन विभिन्न विषयमा केन्द्रित विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जसअन्तर्गत रोजगार तथा सीप विकास, स्वास्थ्य, युवा, कृषि तथा पशुपालन, स्थानीय कला–संस्कृति तथा पर्यटन, औद्योगिक विकास, स्थानीय उत्पादन, महिला उद्यमशीलता, शिक्षा तथा बालबालिका, सूचना प्रविधि तथा सामाजिक सद्भावका कार्यक्रम समावेश छन्।

शुकवार अर्जुन सापकोटा आउने

यसैबीच शुक्रबार चर्चित युवा गायक अर्जुन सापकोटाको प्रस्तुति रहने भएको छ। सापकोटासँगै भाइरल बाल गायिका कल्पना विष्ट, प्रेम शर्मा, सुदन थापा लगायतका कलाकारहरूको पनि प्रस्तुति रहने मूल आयोजक समिति संयोजक लब अधिकारीले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...