घोराहीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

दाङको घोराहीबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही–१५ का २० वर्षीय सौरव वली, घोराही–१३ की २८ वर्षीया सृजना चौधरी, वडा नं.४ घर भई हाल घोराही–१३ बस्ने २६ वर्षीय बिशाल बि.क., तुलसीपुर–६ घर भई घोराही–१३ बस्ने १८ वर्षीया यस कुमारी नेपाली र २४ वर्षीया मिना नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले घोराही–१५ स्थित स्केट पार्क नजिकैबाट उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। प्रहरीले १८ ग्राम ६६० मिलिग्राम खैरो पदार्थ, सुनजस्तो देखिने पहेँलो धातु १६.२ लाल, नगद ४८ हजार ७२५ रुपैयाँ र ५ थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेकाविरुद्ध लागुऔषध मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...