अमेरिकी आक्रमण साम्राज्यवादी हस्तक्षेप हो : माओवादी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य हमला साम्राज्यवादी हस्तक्षेप भएको ठहर गरेको छ। पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लागुपदार्थ ओसारपसारको कृतिम आरोप लगाएर सार्वभौम मुलुकमाथि विध्वंसकारी आक्रमण गरिएको भन्दै कडा भर्त्सना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, फरक विचार र सत्ता सञ्चालनकै कारण गरिएको हमला राष्ट्रको सार्वभौमिकता, राजनीतिक तथा विचार स्वतन्त्रता र मानवअधिकारको ठाडो उल्लङ्घन हो। माओवादीले अमेरिकालाई तत्काल आक्रमण रोक्न र समस्या वार्ता तथा सहमतिमार्फत समाधान गर्न माग गरेको छ। साथै विश्व राजनीतिक शक्ति, मानवअधिकारकर्मी र नागरिक समाजलाई सशक्त पहल गर्न आग्रह गरिएको छ।...






