नेकपा (बहुमत) का दाङ सेक्रेटरी सजक प्रहरी द्वारा गिरप्तार , पार्टीद्वारा कडा आपत्ति

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्ना केन्द्रीय सदस्य तथा दाङ जिल्ला सचिव कमरेड सजकलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा जनसंविधानका लागि देशव्यापी जनसंघर्ष अभियान चलिरहेका बेला राज्य पक्षबाट गरिएको गिरफ्तारीलाई गैरकानुनी र दमनकारी कदमको संज्ञा दिइएको छ।

वक्तव्यअनुसार पुष १५ गते दाङको बाँगलाचुली क्षेत्रमा जनसंघर्ष अभियानअन्तर्गत नारा लेख्ने क्रममा कमरेड सजकलाई पक्राउ गरिएको हो। पार्टीले वर्तमान राजनीतिक अवस्थाको उल्लेख गर्दै देशको सार्वभौमिकता, स्वाधीनता, जनअधिकार र भ्रष्टाचारविरुद्ध आफूहरू निरन्तर संघर्षरत रहेको जनाएको छ।

सरकार तथा सत्तापक्षबाट भइरहेको देशघाती र जनविरोधी क्रियाकलापविरुद्ध जनसंघर्ष अभियान सञ्चालन भइरहेकै बेला गरिएको यो गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारमाथि हस्तक्षेप गरेको पार्टीको ठहर छ।

पार्टीले गिरफ्तार नेता सजकलाई तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, मागको बेवास्ता गरिएमा थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै सशक्त प्रतिरोधमा उत्रिने चेतावनी पनि दिएको छ। हिजाे शुक्रवार पार्टी सेक्रेटरी सजक सँगै बिद्यार्थी नेता नरेन्द्र बिश्वकर्मा र कमल पुन समेतलाइ गिरप्तार गरिएकाे थियाे ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...