चिसापानीम नेकपा (बहुमत) को जनसंघर्ष अभियान सभा सम्पन्न


मकवानपुर।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा सञ्चालन भइरहेको जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–चिसापानी बजारमा अभियान सभा सम्पन्न भएको छ।

मकवानपुर जिल्ला इन्चार्ज अग्रिमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा पार्टीका केन्द्रीय सल्लाहकार पेन्सन लामा, शहीद परिवारको तर्फबाट उदय गोले तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा वक्ताहरूले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख रहेको टिप्पणी गर्दै दलाल तथा संसदवादी सत्ताले जनताको हितविपरीत काम गरिरहेको आरोप लगाए। विदेशी हस्तक्षेपका कारण देश अस्थिर बनेको र वर्तमान सरकारले जनआन्दोलन तथा बलिदानको सम्मान गर्न नसकेको उनीहरूको दाबी थियो।

वक्ताहरूले वर्तमान संविधान खारेज गरी नयाँ जनमुखी संविधान निर्माण गर्नुपर्ने, स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने तथा जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए। साथै, दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी प्रणाली स्थापना गर्नु समयको आवश्यकता रहेको उल्लेख गरे।

सभामा सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनलाई जनताले बहिष्कार गर्नुपर्ने आह्वान समेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन मकवानपुर जिल्ला सदस्य अनिलले गरेका थिए भने स्वागत मन्तव्य क. श्यामले प्रस्तुत गरेका थिए। सभामा नेकपा (बहुमत) सिन्धुली जिल्लाका पूर्व सचिव रमेश नेपालीको विशेष उपस्थिति पनि रहेको थियो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...