झापाको कनकाईमा शङ्कास्पद झोला भेटिएपछि सतर्कता, सुरक्षा घेरा कडा

झापा — कनकाई नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा आज बिहान शङ्कास्पद झोला फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ। कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा भेटिएको झोलाभित्र प्रेसर कुकर राखिएको र झोलाबाट तारजस्तो वस्तु बाहिर निस्किएको देखिएको हो।

स्थानीयले असामान्य वस्तु देखेपछि तुरुन्तै सुरक्षा निकायलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र शिलबन्दी गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार उक्त वस्तुको यकिन प्रकृति खुल्न बाँकी रहेकाले पहिचान र सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी भइरहेको छ। जोखिम न्यूनीकरणका लागि सवारीसाधन र यात्रुहरूको आवागमन राजमार्गको अर्को छेउबाट सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइसकिएको जानकारी दिए। सुरक्षा निकायले घटनास्थल वरपर थप निगरानी बढाएको छ र सर्वसाधारणलाई अनावश्यक रूपमा नजिक नजान आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...