राजसंस्था र हिन्दू राष्ट्रको मागसहित बम राखिएको खुलासा

झापाको कनकाई नगरपालिका–४ स्थित माईखोला पुल नजिक राखिएको शंकास्पद बम नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। घटनास्थलमा फेला परेको पर्चामा आफूहरूलाई ‘सनातन सुरक्षा सेना नेपाल’ नामक समूहको रूपमा चिनाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त पर्चामा नेपालमा राजसंस्था पुनःस्थापना गर्नुपर्ने, देशलाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरिएको छ। साथै, धर्मनिरपेक्षताको विरोध गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन पूर्ण रूपमा बहिष्कार गर्ने चेतावनीसमेत दिइएको छ।

घोषणापत्रका रूपमा सार्वजनिक गरिएको पर्चामा राजसंस्था पुनःस्थापना र नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नगरिएसम्म निर्वाचन अस्वीकार गर्ने उल्लेख गरिएको छ। घटनापछि सुरक्षाकर्मीहरूले क्षेत्रमा निगरानी बढाएका छन् भने बम राख्ने समूहको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...