६ कम्युनिस्ट पार्टीहरूद्वारा आगामी चुनाव बहिष्कारको घोषणा


काठमाडौं ।
देशको वर्तमान संकटपूर्ण अवस्थाको सन्दर्भमा ६ वटा कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठकले आगामी हुने जनविरोधी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्णय सार्वजनिक गर्न संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिअनुसार ६ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको छ। साथै, विद्यमान जनविरोधी, अलोकतान्त्रिक र कठपुतली सुरक्षासहितको सरकारलाई खारेज गरी स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधानको पक्षमा संयुक्त संघर्ष अघि बढाइने उल्लेख गरिएको छ।

संयुक्त विज्ञप्तिमा स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा गरिने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतालाई अपिल गरिएको छ। साथै, सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा अग्रगामी राष्ट्रिय विकासका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई संयुक्त संघर्षको लहर सिर्जना गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।

विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी,नेपाल कम्युनिस्ट पार्टी नेपाल लगायतका दलका शीर्ष नेताहरूको हस्ताक्षर रहेको छ।

संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार आन्दोलनलाई थप सशक्त बनाउँदै जनताको अधिकार र स्वाधीनताका पक्षमा संघर्ष जारी राखिने बताइएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...