Day: May 17, 2026

जिम्मेवारी माग्दै युवा अघि सर्नु सकारात्मक संकेत : शंकर पोखरेल

जिम्मेवारी माग्दै युवा अघि सर्नु सकारात्मक संकेत : शंकर पोखरेल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । शंकर पोखरेल ले युवापुस्ताले नेतृत्वसँग अवसर र जिम्मेवारी माग्नु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । उनले नेतृत्व केवल उमेरका आधारमा नभई क्षमता, संगठन निर्माण गर्ने दक्षता र जनविश्वासबाट स्थापित हुने धारणा राखेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्र नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताए । तर आन्दोलनको समग्र नेतृत्व सम्हाल्न सक्ने राजनीतिक परिपक्वता र संगठनात्मक क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय “पुरानो पुस्ताले केही गरेन” भन्ने भाष्य समाजमा निर्माण गर्न खोजिएको उल्लेख गर्दै उनले त्यसबाट प्रभावित नहुन एमाले कार्यकर्तालाई आग्रह गरे । समाज र राष्ट्रको विकास केवल पुस्ता परिवर्तनको विषय नभई स्पष्ट राजनीतिक दृष्टिकोण र सक्षम नेतृत्वसँग जोडिएको उनको भनाइ थियो । पोखरेलले अनुभव र...
छोरी खोजिदिन आमाको आग्रह

छोरी खोजिदिन आमाको आग्रह

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ । घोराही उपमहानगरपालिका–१२ हापुर बसन्तापुर निवासी १४ वर्षीया अञ्जिसा चौधरी सम्पर्कविहीन भएकी छन्। वैशाख ३० गतेदेखि घरबाट बाहिरिएकी अञ्जिसा त्यसयता घर नफर्किएपछि परिवार चिन्तित बनेको छ। उनकी आमा इन्दु चौधरीले छोरीको खोजी गरिदिन सबैसँग आग्रह गरेकी छन्। परिवारका अनुसार अञ्जिसाको अवस्था र ठेगानाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। आफन्त, साथीभाइ तथा चिनेजानेका स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गरेको हो। अञ्जिसालाई कतै देखेमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आमाले अनुरोध गरेकी छन्।...
कमल थापा सहभागी कार्यक्रममा राजावादी युवाको विरोध, स्थिति तनावपूर्ण

कमल थापा सहभागी कार्यक्रममा राजावादी युवाको विरोध, स्थिति तनावपूर्ण

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक विचार गोष्ठीमा राप्रपाका पूर्वअध्यक्ष कमल थापामाथि राजावादी युवाहरूले नाराबाजी र विरोध गरेपछि कार्यक्रम तनावपूर्ण बनेको छ । प्रमुख अतिथिका रूपमा सहभागी थापाले मन्तव्य राखेपछि केही सहभागी युवाहरूले प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । त्यसपछि स्थिति असहज बनेपछि थापा मञ्च छोडेर बाहिरिएका थिए । यस क्रममा भिडियो खिचिरहेका एक युवकसँग विवाद बढ्दै थापाले हात हालाहालको अवस्था सिर्जना भएको आरोप लागेको छ । ती युवकले भने थापाले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन् । घटनापछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कमल थापामाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएका छन् ।...
ओलीको रक्षामा एकजुट हुन बादलको आह्वान

ओलीको रक्षामा एकजुट हुन बादलको आह्वान

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । रामबहादुर थापा ले एमाले अध्यक्ष केपी शर्मा ओली माथि देशी–विदेशी शक्तिबाट षड्यन्त्र भइरहेको दाबी गर्दै ओलीको रक्षामा सिंगो पार्टी एकजुट हुनुपर्ने बताएका छन्। आइतबार बल्खुस्थित मदन नगरमा आयोजित मदन–आश्रित स्मृति सभामा बोल्दै उनले जेन–जी आन्दोलनदेखि सरकार र पार्टी नेतृत्वमाथि भइरहेका गतिविधिलाई दासढुंगा घटनाकै निरन्तरता भएको टिप्पणी गरे। थापाले एमाले र नेतृत्वविरुद्ध निरन्तर आक्रमण भइरहेको भन्दै पार्टी पंक्तिलाई सचेत र संगठित भएर अघि बढ्न आग्रह गरे।...
ऋणको भारले थिचियो बेलझुन्डी खानेपानी, उपभोक्तामाथि बढ्यो महसुल

ऋणको भारले थिचियो बेलझुन्डी खानेपानी, उपभोक्तामाथि बढ्यो महसुल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । दाङस्थित बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था आर्थिक दबाबमा परेपछि खानेपानीको महसुल बढाइएको छ। संस्थाको ११औँ साधारणसभाले नयाँ महसुल दर लागू गर्ने निर्णय गरेको हो। संस्थाका पदाधिकारीका अनुसार अब १२ हजार युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले मासिक एक सय ६० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि सोही दरमा एक सय रुपैयाँ मात्रै शुल्क लिइँदै आएको थियो। खानेपानी आयोजनामा उपभोक्ताको सहलगानी जुटाउन संस्था ऋण लिन बाध्य भएको जनाएको छ। तुलसीपुर उपमहानगरपालिकाबाट करिब एक करोड १५ लाख रुपैयाँ सापटी र नगर विकास कोषबाट झन्डै ६ करोड ८९ लाख रुपैयाँ ऋण लिइएको संस्थाले जनाएको छ। नगर विकास कोषतर्फ हालसम्म सावाँ–ब्याज गरी एक करोड २६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको भए पनि बाँकी ऋण तिर्न अझै कठिनाइ रहेको बताइएको छ। उपमहानगरपालिकाले पनि सापटी रकम फिर्ताका लागि ताकेता गरिरहेको संस्थाको भनाइ छ। संस्थ...
रातभर मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसे वडाध्यक्ष रिजाल

रातभर मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसे वडाध्यक्ष रिजाल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारसमक्ष आफ्ना वडाका विकास माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् । सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष समेत रहेका रिजालले झुल टाँगेर रातभर कार्यालय अगाडि बसेर विरोध जनाएका हुन् । उनले घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, टेलिकम टावर निर्माण र विद्युत विस्तारको माग अघि सारेका छन् । स्थानीयको आधारभूत आवश्यकता र विकासका काम लामो समयदेखि बेवास्ता भएको भन्दै आफू बाध्य भएर धर्नामा बस्नुपरेको वडाध्यक्ष रिजालले बताएका छन् ।...
३ लाख नदिए उडाउन नमान्ने म्यानपावर एजेन्ट पक्राउ

३ लाख नदिए उडाउन नमान्ने म्यानपावर एजेन्ट पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग ‘३ लाख रुपैयाँ नदिए उडाउन नदिने’ भन्दै रकम असुल्न खोज्ने म्यानपावर एजेन्ट प्रहरीको स्टिङ अपरेसनमा पक्राउ परेका छन् । ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार १० हजार रुपैयाँ मात्रै लाग्ने प्रक्रियामा ग्रान्ड स्विट जब म्यानपावरले यादवसँग ३ लाख रुपैयाँ मागेको आरोप छ । यसअघि उनले ७० हजार रुपैयाँ बुझाइसकेका थिए । श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो पुगेपछि प्रहरी टोलीले तीनकुनेबाट एजेन्टलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिको साथबाट राहदानी, टिकट र अन्य कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।...