सुर्खेत । मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारसमक्ष आफ्ना वडाका विकास माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष समेत रहेका रिजालले झुल टाँगेर रातभर कार्यालय अगाडि बसेर विरोध जनाएका हुन् ।
उनले घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, टेलिकम टावर निर्माण र विद्युत विस्तारको माग अघि सारेका छन् ।
स्थानीयको आधारभूत आवश्यकता र विकासका काम लामो समयदेखि बेवास्ता भएको भन्दै आफू बाध्य भएर धर्नामा बस्नुपरेको वडाध्यक्ष रिजालले बताएका छन् ।