रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्रम बढिरहेको छ ।
शुक्रबार नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला सदस्य तथा व्यवसायी वीरेन्द्र कुमार अग्रहरी रास्वपामा प्रवेश गरेका छन् ।
उनीसँगै उद्योग वाणिज्य क्षेत्रका केही प्रभावशाली व्यक्तिहरू पनि रास्वपामा आबद्ध भएका छन् ।
रास्वपाले पछिल्ला दिनमा कांग्रेसका स्थानीय नेता तथा व्यवसायीहरूलाई पार्टीमा भित्र्याउने अभियानलाई तीव्र बनाएको देखिएको छ ।