काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक विचार गोष्ठीमा राप्रपाका पूर्वअध्यक्ष कमल थापामाथि राजावादी युवाहरूले नाराबाजी र विरोध गरेपछि कार्यक्रम तनावपूर्ण बनेको छ ।
प्रमुख अतिथिका रूपमा सहभागी थापाले मन्तव्य राखेपछि केही सहभागी युवाहरूले प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । त्यसपछि स्थिति असहज बनेपछि थापा मञ्च छोडेर बाहिरिएका थिए ।
यस क्रममा भिडियो खिचिरहेका एक युवकसँग विवाद बढ्दै थापाले हात हालाहालको अवस्था सिर्जना भएको आरोप लागेको छ । ती युवकले भने थापाले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
घटनापछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कमल थापामाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएका छन् ।