काठमाडौँ । मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग ‘३ लाख रुपैयाँ नदिए उडाउन नदिने’ भन्दै रकम असुल्न खोज्ने म्यानपावर एजेन्ट प्रहरीको स्टिङ अपरेसनमा पक्राउ परेका छन् ।
‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार १० हजार रुपैयाँ मात्रै लाग्ने प्रक्रियामा ग्रान्ड स्विट जब म्यानपावरले यादवसँग ३ लाख रुपैयाँ मागेको आरोप छ । यसअघि उनले ७० हजार रुपैयाँ बुझाइसकेका थिए ।
श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो पुगेपछि प्रहरी टोलीले तीनकुनेबाट एजेन्टलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिको साथबाट राहदानी, टिकट र अन्य कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।