काठमाडौँ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले संसद् छलेर ल्याएका संवैधानिक परिषद्लगायतका अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित गर्न नहुने र तिनलाई तत्काल रोक्नुपर्ने माग धारणा राखेका छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुनसरीको लौकहीमा आयोजित कोसी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता थापाले सरकारको यस कदमको तीव्र आलोचना गरेका हुन ।