भूमिहीन तथा सुकुम्बासीको मागप्रति ध्यानाकर्षण गराउँदै रास्वपा कार्यालय दाङमा धर्ना

दाङ — नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति दाङले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय दाङमा एक घण्टा कालोपट्टि बाँधेर धर्ना दिएको छ ।

समितिले विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर आतंक, बस्ती हटाउने कार्य र पीडित नागरिकमाथि भइरहेको अन्यायप्रति सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराउन धर्ना कार्यक्रम गरिएको जनाएको छ ।

समितिका संयोजक विकास वलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बसोबासको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य तत्काल रोक्न माग गरिएको छ । यस्तै प्रभावित नागरिकसँग संवाद र समन्वय गर्न, भूमिहीन तथा अव्यवस्थित बसोबासीको स्थायी समाधान खोज्न र आत्महत्या गर्न बाध्य भएका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

धर्नामा सहभागीहरूले “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूले नागरिकको मानव अधिकार, सामाजिक न्याय र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

समितिले योजनाबद्ध पुनर्वासको व्यवस्था नगरी गरिने बस्ती हटाउने कार्यले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनीसमेत दिएको छ । अभियानका संयोजक बिकाश वली र प्रवक्ता प्रेम प्रशान्त बोहरा सहितको टोली रास्वपाका जिल्ला सचिव अशिम भूसाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

छुटाउनुभयो कि ?

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद स...
नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्...
सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल न्यायिक आयोग गठन गर्न...
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध ...