काठमाडौं–३ मा कुलमान घिसिङ पराजित, राजुनाथ पाण्डे विजयी
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट पराजित भएका छन्। संसदीय राजनीतिमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका घिसिङलाई राजुनाथ पाण्डे ले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भए भने घिसिङले ११ हजार १७१ मत ल्याए। यससँगै घिसिङ ७ हजार ५८६ मतान्तरले पराजित भएका छन्।
पूर्व महानगर प्रहरी प्रमुख समेत रहेका पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार हुन्।
विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दा देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएका घिसिङ लोकप्रिय प्रशासकका रूपमा चिनिन्थे। तर राजनीतिक यात्राको पहिलो चुनावमै उनी पराजित भएका छन्।
रास्वपासँग केही समय एकता प्रयास गरेपछि छुट्टै पार्टी बनाएर चुनाव लडेका घिसिङले अपेक्षित समर्थन भने प्राप्त गर्न सकेनन्।...






