निर्वाचन बहिष्कार गर्नेहरूलाई धन्यवाद,  पक्राउ परेकालाई रिहा गर्न  माओवादी को माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव गौरवले कथित दलाल संसदीय व्यवस्थाअन्तर्गत भएको निर्वाचन बहिष्कार गर्ने सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक र जनतालाई धन्यवाद व्यक्त गरेका छन्। पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा देशभरका विभिन्न जिल्ला तथा समुदायले निर्वाचन बहिष्कार गरेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,  ओखलढुंगा, दाङ, सल्यान लगायतका जिल्लामा पार्टीका विभिन्न जिम्मेवार कम्रेडहरू, जिल्ला पार्टी ब्युरो, पार्टी कमान्ड, राष्ट्रिय जनमुक्ति सेना नेपाल तथा आम जनसमुदायले सशक्त रूपमा निर्वाचन बहिष्कार गरेको उल्लेख गरिएको छ।

महासचिव गौरवले नेपाली जनताको भावना विपरीत गरिएको संसदीय निर्वाचनलाई व्यापक जनसमर्थन प्राप्त नभएको दाबी गर्दै कुल जनसंख्याको करिब ४०–४५ प्रतिशतले मात्र मतदान गरेर देशमा दिगो शान्ति कायम हुन नसक्ने बताएका छन्।

विज्ञप्तिमा मतदान प्रक्रिया सम्पन्न हुन नपाउँदै अमेरिका र भारतले दिएको शुभकामनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ। केही मुठ्ठीभर मानिसको सहभागितामा गरिएको मतदानको कुनै अर्थ नरहने भन्दै पार्टीले राष्ट्रिय स्वाधीनता र जनअधिकारका सवालमा संघर्ष जारी राख्ने चेतावनी दिएको छ।

पार्टीले एमसीसी र एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरू खारेज गर्न चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको जानकारी पनि दिएको छ। केन्द्रीय समितिको बैठकबाट आगामी संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासचिव गौरवले बताएका छन्।

त्यसैगरी, देशमा दिगो शान्ति कायम गर्न गोलमेच सम्मेलनमार्फत राष्ट्रिय सहमतिको सरकार गठन गर्न सबै राजनीतिक शक्ति र सरोकारवालालाई आग्रह गरिएको छ।

यसैबीच निर्वाचन बहिष्कारका क्रममा विभिन्न जिल्लाबाट पक्राउ परेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरिएको छ।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...