निर्वाचन बहिष्कारमा साथ दिने प्रति नेकपा (बहुमत) ७ नं. व्यूराे को धन्यवाद

सुदुरपश्चिम । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन बहिष्कारको आफ्नो आह्वानलाई समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

पार्टीको ७ नम्बर ब्यूरो कार्यालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका पार्टीका जिम्मेवार कार्यकर्ता, समर्थक, परिवारजन तथा न्यायप्रेमी जनसमुदायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निर्वाचन बहिष्कार अभियानलाई सफल बनाउन भूमिका खेलेको भन्दै धन्यवाद दिएको हो।

वक्तव्यमा विशेष गरी दार्चुला जिल्लाको नौगाड गाउँपालिका–१ नागु मतदान केन्द्र, अपि हिमाल गाउँपालिका–३ दुधिला (झाक्यु) मतदान केन्द्र तथा बझाङ जिल्लाको तालकोट गाउँपालिका–४ लुकड मतदान केन्द्रका नागरिकहरूले निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गरेको दाबी गरिएको छ।

पार्टीले वर्तमान संसदीय व्यवस्थाले नेपाली जनताको वास्तविक आकांक्षा, अधिकार र भविष्यको प्रतिनिधित्व गर्न नसक्ने दाबी गर्दै जनतामा परिवर्तनको चाहना बढ्दै गएको उल्लेख गरेको छ। साथै शहीदहरूको बलिदानलाई स्मरण गर्दै जनताको मुक्ति, समानता र न्यायपूर्ण समाज स्थापनाका लागि संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

वक्तव्यमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नै नेपाली जनताको वास्तविक मुक्ति हुने उल्लेख गर्दै अन्याय र शोषणविरुद्ध संगठित संघर्षलाई अगाडि बढाइने जनाइएको छ।

यसैबीच, पार्टीले नेकपा (बहुमत) तथा केन्द्रीय संयुक्त संघर्ष समितिसँग सम्बन्धित देशभरबाट गिरफ्तार गरिएका कार्यकर्ताहरूलाई तत्काल निःशर्त रिहा गर्न सरकारसँग माग पनि गरेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...